PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई १५ लाखसम्म पेशाकर्मी कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई सहज रुपमा पेशाकर्मी कर्जा दिने भएको छ । बैंकले विभागसँग सम्झौता गरेसँगै कर्मचारीलाई सहज रुपमा पेशाकर्मी कर्जा दिने भएको हो ।

सो सम्झौता अनुसार सेवा अवधि पूरा गरेका कर्मचारीलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म पेशाकर्मी सरल कर्जा उपलब्ध गराइनेछ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याज लिने जनाएको छ । बैंकको आधार दर भने हाल ७.३५ प्रतिशत रहेको छ ।

त्यस्तै, सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महानिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार विभागका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै