PRABHU BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

sworojgar laghubitta

  • बैंकिङ संसार

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

 कम्पनीले पहिलो त्रैमाससम्म आईपुग्दा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष यसैअवधिमा ३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्ष तुलनामा यस वर्षको नाफा ३९.११ प्रतिशतले धेरै हो ।

यस्तै कम्पनीले खुद ब्याज आम्दानी १० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १२९.११प्रतिशतले बढी हो । यस्तै कम्पनीको सञ्चालन नाफा ६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै