PRABHU BANK

बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरूलाई धम्काउने काम नगर्न वित्तीय संगठनहरुको चेतावनी

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरूलाई धम्काउने काम नगर्न वित्तीय संगठनहरुको चेतावनी दिएका छन् । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरूलाई धम्क्याउने, तोडफोड जस्ता गलत कार्य तत्काल रोक्न बैंक तथा वित्तिय संस्था सम्बद्ध चारवटा संस्थाहरूले ध्यानाकर्षण गएका हुन् ।

सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै चारवटा संस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्  । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी ऐन, नियम र परिधिमा बसी संस्थाहरूले निर्बाध बैंकिङ कारोबार गरिरहेकोमा उक्त संस्थाका कर्मचारीमाथि धरपकड हुने र संस्था समेत तोडफोड गर्ने कार्य नरोकिएको भन्दै नेपाल बैकर्स संघ, विकास बैकर्स संघ, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उक्त विज्ञप्तिमार्फत अस्वभाविक गतिविधिमा सामेलभई अराजक गतिविधि गर्नेहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै