काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक आवेदकसँग शिक्षण संस्थाबाट एसएलसी पास गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । त्यसैगरी उमेरको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुने जनाइएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । बाँकी सूचनामा हेर्नुहोस्: