prabhu

बैंक तथा वित्तिय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो ब्यहोरेको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन भनेको छ ।

दैनिक तरलता सुविधा, ओभरनाइट तरलता सुविधा लगायतका तरलता सुविधा माग गर्दा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाहरूले सरकारी ऋणपत्र धितोमा राख्ने गर्छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै