PRABHU BANK

मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई स्कूल पोसाक वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्कूल पोसाक वितरण गरेको छ । बैंकले नवलपुरको वुलिङटारमा रहेको आधारभूत विद्यालयका ७६ जना विद्यार्थीलाई स्कूल पोसाक वितरण गरेको हो ।

बैंकले नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई केही सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हो ।

स्कूल पोसाक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाधिकारीहरु र विद्याथीहरुको उपस्थिति रहेको थियो ।

उक्त सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै