PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टमा, को-को परे छनोटमा ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ मा छानिरएको छ । आइतबार बसेको प्रमुख कार्यकारी अधिकृत नियुक्त सिफारिस समितिको बैठकले ५ जनालाई प्रारम्भिक छनोट गरेको हो ।  

छनौट हुनेमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।

छनौट भएकामध्ये कृष्ण बहादुर अधिकारी नेपाल बैंक लिमिटेडका पूर्व सीईओ हुन् । देवेन्द्र रमण खनाल भने हाल बैंकमै कामु सीईओका रुपमा कार्यरत रहेका छन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त सीईओ पदका लागि २० जनाको आवेदन परेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै