prabhu

प्रभु बैंकका ग्राहकलाई काठमाडौँ मोडेल अस्पतालमा फिजियोथेरापी लगायतका सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड ग्राहकलाई प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पताल (केएमएच) को सेवामा विशेष छुट दिइने बारे सम्झौता भएको छ । मंगलबार बैंक र अस्पतालबीच ग्राहकहरूलाई छुट दिने बारे सम्झौता भएको हो ।

काठमाडौँ मोडेल अस्पतालका प्रबन्धकीय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमख मार्केटिङ अफिसर रविन्द्र ढकालले उक्त समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्न्

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले काठमाडौँ मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । नेपालको सामुदायिक क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाडौँ मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै बैंकले ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई बैंकिङ एवं अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै