काठमाडौँ । नेपाल राष्ट्र बैंकले इनेट पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ । बैंकले एक सूचना जारी गर्दै इनेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै अनुमतिपत्र खारेज गरेको हो ।
कम्पनीले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको देखिएकाले कम्पनीको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, सो संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन र दायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको सूचना: