PRABHU BANK

कुमारी बैंक र फिट लाइफ क्लबबीच सम्झौता, क्लबको सेवामा १५ प्रतिशत छुट पाइने

काठमाडौँ । कुमारी बैंक र  कैलालीको टीकापुर स्थित फिट लाइफ क्लबबीच विशेष छुटबारे सम्झौता भएको छ । बैंकका ग्राहकलाई क्लबबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले सो फिट लाइफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्युआरद्वारा तिर्दा १५ प्रतिशत  छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले जनाको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै