PRABHU BANK

माछापुच्छ्रे बैंकद्धारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौँ । माछापुच्छ्रे बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यु स्मार्ट तलब खाताअन्तरगत दुर्घटनामापरी मृत्यु भएका ग्राहकको परिवारलाई १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको आदर्शनगर वीरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको बाइक दुर्घटनामा मृत्यु भएको थियो ।

सो पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबीअनुसार वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकका चिफ विजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख सुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै