prabhu

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना १ सय ६९ वटा शाखा कार्यालय बाट एकसाथ वित्तीय साक्षरता कार्यक्रमको आयोजना गएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरूको पहिचान गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, देशमा रोजगार नपाएर वैदेशिक रोजगारमा जान खोजेका युवा, विद्यार्थी, महिला, विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो ।

बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २ हजार ५ सय , मधेश प्रदेशमा २ हजार, बागमती प्रदेशमा ५ सय, गण्डकी प्रदेशमा ४ हजार ५ सय, लुम्बिनी प्रदेशमा ३ हजार ५ सय, कर्णाली प्रदेशमा ५ सय र सुदूरपश्चिम प्रदेशमा २ हजार  ५ सय भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तर वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्रहरू रहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै