National

राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, लघुवित्त सुपरीवेक्षणका प्रमुख नेपाल लेखामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । नेपाल राष्ट्र बैंकले वैशाख २६ गतेदेखि लागू हुने गरि ६ वटा विभागका कार्यकारी निर्देशकहरूको सरुवा गरेको हो ।

जस अनुसार नेपाल राष्ट्रबैंकका सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभाग तानिए भने वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल सुपरीवेक्षण विभागमा सरुवा भएका छन् ।

त्यस्तै, लघुवित्त सुपरीवेक्षण विभागका प्रमुख रेवती प्रसाद नेपाललाई आन्तरिक लेखा विभागमा सरुवा गरिएको छ भने आन्तरिक लेखा विभागका प्रमुख विमलराज खनाल लघुवित्त सुपरीवेक्षण विभागमा तानिएका हुन् ।

यस्तै, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा भनेका छन् भने सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशोधनमा विभागमा सरुवा भएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै