National

कर्जा लगानी सुस्ताएको बेला बैंकहरूमा थपियो १० दिनमै ४१ अर्ब तरलता

काठमाडौं । बैंकहरूमा निक्षेप थुप्रिए पनि लगानी बढ्न नसकेका बेला तरलता थपिएको छ । लगानीको बाटो खोजिरहेका बैंकहरूमा १० दिनमै १४ अर्ब तरलता थपिएको हो ।

वैशाख १२ गते सम्म बैंकिङ प्रणालीमा ६१ खर्ब २४ अर्ब निक्षेप रहेकामा अहिले ६१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप थुप्रिनुमा  सरकारले खर्च बढाउनु प्रमुख कारण रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको भनाई छ ।

श्रेष्ठ भन्छन्- ‘पछिल्लो समय रेमिटेन्स निरन्तर बढिरहेको छ । साथै, सरकारले पनि खर्च बढाउन थालेको छ,’ उनले भने, ‘सरकारले गरेको खर्च प्रणालीमा आउँदा निक्षेप बढेको हो ।’ संस्थागत नभएर साधारण बचत थपिएको र कर्जा बढ्न नसकेका बेला पनि अल्पकालीन निक्षेपमा घटबढ भइरहने निर्देशक श्रेष्ठको भनाई छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै