National

एनएमबी लघुवित्तले व्यहोर्यो ७ करोड बढी घाटा, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही समयमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन पहिलेको तुलनामा अहिले कम हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले घटेर १७ करोड ५३ लाख रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ९६ लाख रुपैयाँ थियो ।

कम्पनीको तेस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, सो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आर्थिक वर्षसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गरेको छ ।

यस्तै, कम्पनीको कर्जा प्रवाह भने बढेको छ । कम्पनीले ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७१ प्रतिशतले बढी हो । कम्पनीको खराब कर्जा अनुपात ८.९७ प्रतिशत रहेकोमा घटेर खराब कर्जा अनुपात ८.२९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.८५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १२६.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.३८ गुणा ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५३.५२ रुपैयाँ र तरलता अनुपात ९.९५ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै