National

एभरेष्ट बैंकको वीरगन्ज शाखा तथा प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको वीरगन्ज शाखा तथा मधेस प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएको छ । बैंकले आदर्श नगरमा आफ्नो नवनिर्मित भवनमा स्थानान्तरण गरेको हो ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरू सुचारु गरिएको बैंकले जनाएको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगन्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताएका छन् ।

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख ग्राहकहरू रहेका छन् । देशैभरि आफना १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, १६४ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै