एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड बढी नाफा, इपिएस ०.४४ पैसाले घट्यो, खुद ब्याज अम्दानी बढ्यो ! (विवरणसहित)

काठमाडौँ । एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

यस अवधिमा बैंकको नाफा ४.७५ प्रतिशतले बढेको छ । बैंकले उक्त अवधिमा कुल ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खदु नाफा कमाएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमासम्ममा भने बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता बैंकको खुद ब्याज अम्दानी पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख पुगेको छ । 

बैंकको सञ्चालन नाफा पनि ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा पुगेको छ। यता बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि ०.४४ पैसाले घटेर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ भने  बैंकको प्रतिसेयर नेटवर्थ २ सय ५६ रुपैयाँ ४७ पैसा पुगेको छ। 

यो रिपोर्ट बैंकिङ संसारको रिपोर्ट पोर्टलमा हेर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्