लुम्बिनी विकास बैंकमा काम गर्ने अवसर

काठमाडौँ। लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले वित्त, लेखा तथा ट्रेजरी विभागका लागि सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। बैंकले सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर तहका लागि केही संख्यामा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले आइक्यान (ICAN) वा आईसीएआई (ICAI) बाट CAP II परीक्षा उत्तीर्ण गरी आर्टिकलशिप प्रशिक्षण पूरा गरेको हुनुपर्नेछ। साथै, वित्त वा अडिट क्षेत्रमा १-२ वर्षको कार्यानुभव भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

बैंकका अनुसार जुनियर अफिसरका लागि अधिकतम उमेर ४० वर्ष तथा सुपरभाइजर र सिनियर असिस्टेन्टका लागि ३५ वर्ष तोकिएको छ। छनोट भएका उम्मेदवारलाई योग्यता र अनुभवका आधारमा पदस्थापन गरिनेछ। इच्छुक उम्मेदवारले बैंकको करियर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम म्याद भदौ ३ गतेसम्म रहेको बैंकले जनाएको छ।

यो विवरण बैंकिङ संसारको बैंक भ्याकेन्सी रुम पेजमा हेर्न सकिन्छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्