National

समृद्धि फाइनान्सका हाकिमले कर्मचारीलाई मानसिक तनाव दिन र थर्काउन ‘दुरुपयोग’ गरे कम्पनीको लेटरहेड !

काठमाडौँ । समृद्धि फाइनान्सका मानव संशाधन विभाग प्रमुख बिनोद राज पौडेलले कर्मचारीलाई मानसिक तनाव दिन र थर्काउन कम्पनीको लेटरहेड नै दुरुपयोग गरेको खुलासा भएको छ । जागिर छोडेका कर्मचारीलाई बेलायत सरकारलाई पठाइएको भनी पत्र पठाएर धम्क्याउन खोजेका पौडेलले कर्मचारीलाई मानसिक तनाव दिनकै लागि कम्पनीको लेटरहेड ‘दुरुपयोग’ गरेको पाइएको हो ।
उनी स्वयमले आफुले कर्मचारीलाई तर्साउन मात्र सो पत्र पठाएको स्वीकारेका छन् । यसको अर्थ, कर्मचारीलाई मानसिक तनाव दिन मात्र उनले सो पत्र कर्मचारीको इमेलमा पठाएको उनी स्वयमले पुष्टी गरेका छन् ।
बेलायतको भिजा लागेपछि जागिर छोडेका कर्मचारीलाई १ महिनाको अवधि अगाडी नै खबर नगरेको भन्दै कम्पनीले १ महिनाको तलव तिर्न ताकेता गरेको छ । आफुले भिजा लागेका कारण जागिर छोडेको र आवश्यक सबै प्रक्रिया पूरा गरेकाले सो रकम आफुले तिर्नु नपर्ने जिकिर जागिर छोडेका खनाल थरका कर्मचारीको छ ।
तर, १ महिनाको तलवमा ५  दिन बिदा कटाएर हुने २५ दिनको तलव बराबर ३३ हजार ३ सय ३३ रुपैयाँ २५ पैसा कम्पनीको खातामा दाखिला गरेर मात्र राजिनामा स्वीकित गरिदिने, र सो रकम नदिए पत्रिकामा नाम निकालेर बेइज्जत गरिदिने धम्कीसमेत पौडेलमार्फत दिएको पाइएको छ । बैंकिङ संसार डटकमलाई प्राप्त सो पत्र अनुसार पौडेलले बेलायत सरकारलाई सम्बोधन गरेर कर्मचारीलाई मानसिक तनाव दिन खोजेका छन् ।
प्रचलित श्रम ऐन अनुसार १५ दिनभित्र राजिनामा स्वीकृत नभए र राजिनामा स्वीकृति नगर्नुको कारणसमेत नखुलाए सो राजिनामा स्वत: स्वीकृत हुने व्यवस्था छ । सोहि अनुरुप उनको राजिनामा स्वीकृत भईसक्नुपर्नेमा कम्पनीले मनपरी ढंगले पैसा उठाउन खोजेको आरोप जागिर छोडेका ती खनाल थरका व्यक्तिको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै