National

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला पक्राउ, हाल बयान लिने काम जारी

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला पक्राउ परेकी छिन् ।  पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ बस्ने करुणा शाही रहेकी छिन् ।

इलाका प्रहरी कोहलपुर बाँकेको टोलीले शाहीलाई बाँकेको बानियाभार माइतिघरबाट पक्राउ गरेको हो । उक्त कार्यलयका डीएसपी धर्म भण्डारीका अनुसार हाल महिलाको बयान लिने काम भइरहेको छ भने बैंकको कागजात रुजु हुने क्रममा छ ।

त्यस्तै, बैंकिङ कसूर मुद्दामा फरार रहेका उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि केही समय अगाडि  पक्राउ परेका थिए ।

जिल्ला अदालत बाँकेले गत फागुन १५ गते ठकुरीलाई धरौटीमा रिहा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime