National

अब कुमारी बैंकको मोबाइल एपमार्फत मुद्दती निक्षेप राख्दा धेरै ब्याज पाइने !

काठमाडौँ । अब कुमारी बैंकको मोबाइल एपमार्फत मुद्दती निक्षेप राख्दा धेरै ब्याज पाइने भएको छ । कुनै पनि निक्षेपकर्ताले बैंकमा गएर वा मोबाइल एपमार्फत मुद्दती निक्षेप राख्दा बैंकले फरकफरक ब्याजदर तोकेको छ ।

बैंकमा उपस्थित भएर मुद्दती निक्षेपमा पैसा जम्मा गर्नेले भन्दा मोबाइल एपमार्फत पैसा जम्मा गर्नेले बढी ब्याज पाउने बैंकले जनाएको छ ।

निक्षेपकर्ताले बैंकमा गएर मुद्दती निक्षेपमा पैसा राख्दा ३ देखि ६ महिनाको अवधिमा ६.५१ प्रतिशत ब्याजदर पाउँछन् भने मोबाइल एपमार्फत पैसा राख्दा ६.६६ प्रतिशत ब्यादर पाउनेछन् । त्यस्तै, कुमारी बैंकमा उपस्थित भएर ६ महिनादेखि १ वर्षे अवधिका लागि मुद्दती निक्षेपमा रकम राख्दा निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउनेछन् भने मोबाइल एपमार्फत जम्मा गर्दा ७.१५ प्रतिशत ब्याज पाउनेछन् ।

त्यसैगरी १ वर्ष वा सो समय भन्दा बढी पैसा राख्न बैंकमा जानेलाई ७.११ प्रतिशत ब्याज दिइनेछ भने मोबाइल एपमार्फत पैसा जम्मा गर्नेलाई बैंकले ७.२६ प्रतिशत ब्याज दिनेछ ।

व्यक्ति स्वयम् उपस्थित भएर मुद्दती निक्षेपमा पैसा राख्दा कर्मचारी आवश्यक पर्ने भएकोले यसको ब्याजदर कम र मोबाइल एपबाट रकम जम्मा गर्दा कर्मचारी आवश्यक नपर्ने भएकोले यसको ब्याजदर बढी तोकिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

tax