National

सिटिजन्स बैंकले उपलब्ध गरायो विद्यार्थीहरूलाई विद्यालय पोशाक

काठमाडौँ । सिटिजन्स बैंकले विद्यार्थीहरूलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । बैंकले धनगढीस्थित शारदा माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच विद्यालय पोशाक उपलब्ध गराएको हो ।

बैंकले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।

साथै, आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीहरूको पढाईमा हुने कठिनाइलाई केही सहजता होस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई विद्यालय पोशाक उपलब्ध गराएको बैंकले जनाएको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप विद्यार्थीहरूलाई सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै