National

८.१३ प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८७ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ  ।  अघिल्लो वर्षको सोही समयसम्म बैंकले ८० करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ८.१३ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढी हो । त्यसैगरी बैंकको कर्मचारी खर्च भने १ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

मुक्तिनाथ विकास बैंकको सञ्चालन खर्च ३३ करोड रुपैयाँ रहेको छ भने बैंकको इप्पेयरमेन्ट चार्ज घटेको छ । बैंकको इप्पेयरमेन्ट चार्ज ७७ करोड ९० लाख रुपैयाँबाट घटेर ७२ करोड ९१ लाख रुपैयाँमा कायम रहेको छ ।

यस्तै, बैंकको खराब कर्जा अनुपात भने बढेको छ । बैंकको खराब कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १.९९ प्रतिशत रहेकोमा अहिले २.०२ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै