PRABHU BANK

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको “नेपाल लाइफ समुन्नत जीवन” बीमा योजना सार्वजनिक

nepal life insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ-नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सर्वाधिक जीवन बीमा हो ।
विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माणलगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको हो ।
यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सबैको माझ ल्याएको हो । यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो ।
यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५०,००,००० पचास लाख सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५०,०००पचास हजार० देखि १,००,००,००० एक करोड सम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै