PRABHU BANK

बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न

bank of kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।
सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै