National

बाणिज्य बैंकका सीइओहरुमध्ये कसले कति पढेका छन् ? के हो अरवौंको बैंक हाँक्नेहरुको शैक्षिक योग्यता ? (भिडियो)

 काठमाडौँ । धेरैको जिज्ञासा हुन सक्छ, आखिर अरबौँको बैंक हाँक्ने वाणिज्य बैंकका सिइओहरु मध्ये कसले कति पढेका छन् त ? जनताको अरबौँको निक्षेपको जिम्मा लिएकाहरूको शैक्षिक योग्यता के हो त ? आज हामी नेपालका वाणिज्य बैंकका सीइओहरुमध्ये कसले कति पढेको छ भन्ने तथ्य खेलाउँदैछौँ । 

सुरु गरौँ, सरकारी बैंक कृषि विकास बैंक लिमिटेडबाट ।

हाल कृषि विकास बैंक लिमिटेडको नेतृत्व गरिरहेका गोविन्द गुरुङले एमबीए गरेका छन् । यसअघि तत्कालीन सिभिल बैंकको सीईओसमेत रहिसकेका गुरुङले नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका छन् ।

यसो त वाणिज्य बैंकहरूमा व्यवस्थापन संकाय तर्फ स्नातकोत्तर गर्नेहरूकै बाहुल्यता छ । एभरेष्टका सिइओ सुदेश खालिङले पनि मास्टर्स पास गरेका छन् भने लक्ष्मी सनराइज बैंकका सिइओले पनि मास्टर्स पास गरेका छन् । सिटिजन्स बैंकमा लामो समय काम गरेर हाल बैंकको सिइओ भएका गणेश राज पोखरेलले पनि व्यवस्थापन सङ्कायमै स्नातकोत्तर गरेका छन् भने प्राइम कमर्सियल बैंकका सिइओ सञ्जीव मानन्धरले पनि व्यवस्थापन विषयमामा मास्टर्स गरेका छन् ।

 बैंकमा चार्टड एकाउन्टेन्ट सीइओहरुको पनि राम्रो बाहुल्यता छ । हाल नबिल बैंक लिमिटेडका सीइओ रहेका ज्ञानेन्द्र प्रसाद ढुंगानाले चार्टर्ड एकाउन्टेन्सी अर्थात उतिर्ण गरेका छन् । सार्है गाह्रो विषयका रुपमा परिचित सिएको पढाई उनले भारतबाट गरेका हुन् ।

 सार्है सानो उमेरमा सिइओ बनेका एनआईसी एशिया बैंकका सिइओ रोशन न्यौपानेले पनि चार्टड एकाउन्टेन्सी उत्तीर्ण गरेका छन् । उनले भने नेपालबाटै सिए पास गरेका हुन् ।

 ग्लोबल आईएमई बैंकका सिइओ रत्न राज बज्राचार्य पनि चार्टड एकाउन्टेन्ट हुन् । उनले भारतबाट सिएको पढाई सकेका हुन् । लामो बैंकिङ अनुभव भएका उनी निकै खारिएका बैङ्करका रुपमा चिनिन्छन् ।

 कुमारी बैंकका सिइओ रामचन्द्र खनालले पनि भारतबाट सिए पास पढेका छन् । यस अघि पनि बैङ्किङको लामो अनुभव बटुलिसकेका खनालले भारतको सिए संस्थाबाट सिए पास गरेका हुन् ।

 राष्ट्रिय वाणिज्य बैंकका कामु सिइओ देवेन्द्र रमण खनालले पनि सिए पास गरेका छन् ।

 यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओले मास्टर्स गरेका छन् । उनले व्यवस्थापन सङ्कायमै स्नातकोत्तर गरेका हुन् । हिमालयन बैंकका सिइओ अशोक शमशेर जबराले पनि व्यवस्थापन संकाय अन्तर्गत मास्टर्स गरेका छन् भने हाल नेपाल एसबिआई बैंकको सिइओ रहेका दीपक कुमार देले पनि स्नातकोत्तर गरेका छन् ।

 पढाईमा मेधावी मानिएका सानिमा बैंकका सिइओले पनि व्यवस्थापनमा मास्टर्स गरेका छन् भने माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले पनि व्यवस्थापन सङ्कायमै नै मास्टर्स गरेका छन् ।

 यता एनएमबी बैंकका सिइओ सुनिल केसी, प्रभु बैंकका सिइओ अशोक शेरचन र सिद्धार्थ बैंकका सिइओ सुन्दर प्रसाद कँडेलले पनि मास्टर्स पास गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै