National

कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउन गरिमा विकास बैंक र टान गण्डकीबीच सम्झौता

काठमाडौँ । कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउन गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता सम्झौता भएको छ । बैंक र टानबीच शुक्रबार उक्त सम्झौता भएको हो ।

टानका सदस्यहरूलाई बैंकले अधिकतम  ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदर उपलब्ध गराउने भएको छ । बैंकले ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने जनाएको छ ।

साथै, बैंकले सो सेवाले गर्दा टानका सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्नेछन् । बैंकको तर्फबाट क्षेत्रीय  कार्यालय पोखराका क्षेत्रीय  प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

गरिमा विकास बैंकले टानको केन्द्रिय संगठनसंग काठमाडौँमा यस किसिमको सम्झौता गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै