बैंकहरुले शाखा कार्यालयहरु मर्ज गर्न पाउने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले महानगरपालिका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन वा एकीकरण गर्न सकिने व्यवस्था गरेको छ। सोमबार  सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो।

विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ।

अब शहर वा महानगरमा धेरै शाखा भएका बैंक तथा वित्तीय संस्थाले शाखाहरु मर्ज गर्न पाउने भएका छन् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै