काठमाडौँ। प्रभु बैंकको कार्यवाहक सिइओमा निरज लम्साल नियुक्त भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेसँगै लम्साललाई कामु सिइओको जिम्मेवारी दिइएको हो।
३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका वरिष्ठत कर्मचारी लम्साललाई आजै (मंसिर १४) गतेदेखि लागु हुने गरी बैंकले कामु सीईओको जिम्मेवारी दिएको बैंकले बताएको छ।





