National

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई सहज रुपमा शैक्षिक कर्जा दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा दिने भएको छ । बैंक र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच भएको सम्झौता अनुसार भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीले शैक्षिक कर्जा सहज रुपमा पाउन सक्नेछन् ।

बैंकका अनुसार हब इन्टरनेशनले एजुकेसन मार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै, विद्यार्थीले निवेदन दिए पश्चात् सरल तथा सहज रुपमा बैंकले शैक्षिक कर्जा दिनेछ ।

त्यस्तै, उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र हब इन्टरनेशनले एजुकेसन प्रालिका संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै