National

ज्योति बिकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिनपाउने बैंकले जनाएको छ । बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफुले के- कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरेर आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा सङ्घसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै