National

प्रतिफल घटेपछि बैंकबाट धमाधम बाहिरिँदै पुराना संस्थापक

काठमाडौँ । बैंकहरुबाट पुराना संस्थापकहरु धमाधम बाहिरीन थालेका छन् । घट्दो प्रतिफलका कारण वाणिज्य बैंकहरूबाट धमाधम संस्थापकहरूले सेयर बिक्री गरेर बाहिरिन थालेका हुन् ।

संस्थापकहरुका अनुसार बैंकहरूको प्रतिफल दर ज्यादै न्यून रहेको र केहीको शून्यजस्तै रहेपछि यस्तो स्थिती देखिएको हो । आर्थिक वर्ष २०८०-८१ मा सात वाणिज्य बैंकले कत्ति पनि लाभांश दिन नसकेपछि र आउने वर्ष पनि केहीको सम्भावना नदेखिएपछि संस्थापक बाहिरिने क्रम बढेको छ ।

सूचीकृत १९ वाणिज्य बैंकमध्ये चालु आव कुमारी, प्राइम, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, नेपाल र प्रभुले लाभांश दिन सकेनन् । यी बैंकहरुमध्ये धेरैबाट संस्थापक बाहिरिने क्रम बढेको छ । ‘लगानी गर्ने भनेको प्रतिफलका लागि हो । प्रतिफल नै पाइन छोडेपछि बाहिरिनुको विकल्प नै भएन ।’ एक बैंकका संस्थापक भन्छन्,’अझ धेरै बैंकका संस्थापक बाहिरिनेवाला छन् ।’

संस्थापकहरु नै बाहिरिन थालेपछि बैंकका सेयरधनीहरु पनि आत्तिएका छन् । यहि कारण पनि सेयर बजारको बैंकिङ सूचक धेरैपछि न्युनतम बिन्दुमा आईपुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै