National

बैंकहरूसँग छैन व्यक्तिगत खाताबाट व्यापारिक लेनदेनको अनुगमन गर्ने संयन्त्र

काठमाडौँ । बैंकहरूसँग व्यक्तिगत खाताबाट व्यापारिक लेनदेनको अनुगमन गर्ने संयन्त्र नरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक सुपरीवेक्षण प्रतिवेदनले बैंकहरूसँग व्यक्तिगत खाताबाट व्यापारिक लेनदेनको अनुगमन गर्ने संयन्त्र नरहेको उल्लेख गरेको हो । 

‘बैंकहरूसँग व्यक्तिगत खाताबाट व्यापारिक लेनदेनको अनुगमन गर्ने संयन्त्र छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक रूपमा खुलेका व्यक्तिहरूको सूची अद्यावधिक राख्ने बलियो संयन्त्र छैन । धेरैजसो राजनीतिक रूपमा खुलासा भएको व्यक्तिको सूचीका लागि तेस्रो पक्षमा निर्भर भएको देखिन्छ ।’

बैंकहरूसँग व्यापार र लगानीका माध्यमबाट हुने सम्पत्ति शुद्धीकरण निगरानी गर्ने क्षमता नै नभएको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘बैंकहरूसँग व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादमा लगानीको रिपोर्टिङ र निगरानी गर्ने क्षमता छैन,’ प्रतिवेदनमा भनिएको छ ।

धेरै बैंकसँग हिताधिकारीको अद्यावधिक विवरण नभएको र राष्ट्र बैंकको निर्देशन अनुसार हिताधिकारीको लेनदेन अनुगमन गर्ने समेत संयन्त्र नरहेको लगायतका विभिन्न खाले कैफियत भेटिएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै