National

जोखिम व्यवस्थापनमा बैंकहरुको हदैसम्मको लापरवाही भेटियो, राष्ट्र बैंक नै भन्छ- ‘मेनेजमेन्ट इन्फरमेसन सिस्टम नै छैन’

काठमाडौँ । बैंकहरूले जोखिम व्यवस्थापनमा हदैसम्मको लापरबाही गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक सुपरीवेक्षण प्रतिवेदनअनुसार बैंकहरूले जोखिम व्यवस्थापनमा हदैसम्म लापरवाही गरेका छन् ।  

राष्ट्र बैंकका अनुसार कतिपय बैंकहरूमा जोखिम व्यवस्थापनलाई सहयोग गर्ने ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ नै नभएको भेटिएको छ भने रेगुलेटरी रिटेल पोर्टफोलियो, व्यावसायिक रियल स्टेट कर्जा लगायत कर्जामा जोखिमबारे आवश्यकता अनुसार नतोकिएको पाइएको छ ।

बैंकहरूले राष्ट्र बैंकको निर्देशन अनुसार सूचना प्रणाली र सिस्टम अडिट नगरेको, आन्तरिक लेखा परीक्षण प्रमुखको कार्यसम्पादन मूल्यांकन बैंकको सीईओ लगायत व्यावसायिक कार्यमा संलग्न अधिकृतबाट गरेको, बैंकको आन्तरिक लेखा परीक्षण कार्यमा क्षमता र सङ्ख्याका आधारमा कर्मचारी अभाव नै अभाव भएको, लेखा परीक्षण समितिले एक जना मात्रै लेखा परीक्षक छनोट गरी सोही फर्मलाई स्वीकृतिका लागि साधारणसभामा पेस गरेको लगायतका जोखिम व्यवस्थापन लापरबाही गरेको प्रतिवेदन उल्लेख छ ।

‘जोखिम व्यवस्थापन समितिले गरेका सिफारिस सञ्चालक समितिले पर्याप्त स्वीकार गरेको छैन । अधिकांश बैंकमा जोखिम व्यवस्थापनका लागि जोखिम व्यवस्थापन समितिको भूमिका पर्याप्त छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘केही बैंकले औद्योगिक क्षेत्र विशेष जोखिम प्रोफाइल तयार पारेका छैनन् ।’

केही बैंकले आन्तरिक लेखा परीक्षण प्रमुखको कार्यसम्पादन मूल्यांकन बैंकको सीईओ लगायत व्यावसायिक कार्यमा संलग्न अधिकृतबाट गरेको भन्दै उक्त कार्य राष्ट्र बैंकको निर्देशन विपरीत रहेकोसमेत पाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै