PRABHU BANK

राष्ट्र बैंककै खुलासा -‘बैंकहरुले पहुँच हुनेलाई नियम मिचेर ऋण दिए, कागज नपुग्दा पनि कर्जा नवीकरण भयो’

काठमाडौँ।  बैंकहरुले केन्द्रीय बैंकको निर्देशन विपरीत ऋण दिने गरेको  पाइएको  छ । नेपाल राष्ट्र बैंकको वार्षिक सुपरिवेक्षण प्रतिवेदन  ‘२०२२-२३’ अनुसार केन्द्रिय बैंकको निर्देशन विपरीत बैंकहरुले केन्द्रीय बैंकको निर्देशन विपरीत ऋण दिने गरेको पाइएको हो ।

राष्ट्र बैंकको नीतिगत व्यवस्था विपरीत बैंकहरूले प्रयोजन नखुलेको ५० लाखभन्दा माथिको ऋण विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ऋण मूल्यांकनका लागि आवश्यक कागजात प्रप्त नगरी कर्जा नवीकरण भएको पनि भेटिएको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा नवीकरण गर्दा लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, फर्म नवीकरण प्रमाणपत्र, फोटो सहितको व्यापार अनुगमन प्रतिवेदन लगायत कागजात प्राप्त नभएकोसमेत राष्ट्र बैंकले जनाएको छ ।

कर्जामा पर्याप्त मात्रामा कर्जा नोक्सानी व्यवस्था नगरिएको,  बन्द भएको व्यवसायको ऋण असल वर्गमा वर्गीकरण गरेको जस्ता कामहरुसेमत बैंकबाट भएको र केही बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार ५० करोडभन्दा माथिको कर्जामा क्रेडिट रेटिङ नभए पनि कर्जा दिएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

ऋणीहरूको रिपोर्टिङ गर्दा विसंगति भएको समेत राष्ट्र बैंकले खुलासा गरेको छ ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार केन्द्रीय बैंकले कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक ,एनआईसी एशिया बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको छ भने लक्ष्मी सनराइज , नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ ।

जोखिम व्यवस्थापनमा कम खर्च हुने गरेको, रिकभरीको योजना नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको, धेरै बैंकहरुमा महिला संचालक नभएको, केहि बैंकले सीइओको कार्यसम्पादन मूल्यांकन नगरेको, जोखिम व्यवस्थापनबारे कार्ययोजना नबनाएको, फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको, केहि बैंकले न्युनतम पूँजीकोष कायम नगरेको, व्यवसाय निरन्तरता योजना नबनाएको लगायतका कैफियत भेटाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै