National

प्रभु बैंकको नयाँ शाखा नयाँगाउँमा सञ्चालन

काठमाडौँ । प्रभु बैंकले नयाँ शाखा नयाँगाउँमा सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको यो ३०२औँ शाखा हो । बैंकले उक्त शाखा मार्फत स्थानीय बासिन्दा,सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गर्न सक्ने जनाएको छ ।

साथै, बैंकले सो क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ । बैंकको नयाँ शाखा खोल्नुको मुख्य उद्देश्य ग्राहकहरूलाई बैंकिङ सेवा दिनु हो ।

नयाँगाउँमा रहेको शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरेकी हुन् । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको गौचनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै