prabhu

धितोपत्र बोर्डले एनआईसी एशिया बैंकका लेखापरीक्षकको तीन पुस्ते विवरण किन माग्यो ? के हुँदैछ अनुसन्धान ?

काठमाडौँ । नेपाली धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकमा लेखापरीक्षण गर्ने लेखापरिक्षकहरुको तीन पुस्ते विवरण मागेको छ । केहि समय अगाडी बैंकलाई पत्राचार गर्दै बोर्डले यस्तो विवरण मागेको हो ।

विवरणमा बैंकको लेखापरीक्षण गर्ने फर्मका सम्पूर्ण पार्टनर, तीनका श्रीमती, बाबु, आमा, हजुरबुबाको नामसमेत मागिएको छ ।

बैंकको सेयर कारोबारमा भित्री कारोबार भएको उजुरीका आधारमा सो विवरण मागिएको बोर्डका एक अधिकारीले जनाएका छन् । ‘एक विशेष विषयमा अनुसन्धान भईरहेको छ । सो काममा बैंकका लेखापरीक्षककै संलग्नता हो कि होइन भन्ने विषयमा छानविन गर्न विवरण मागिएको हो ।’ ती अधिकारीले भने, ‘अरु कुरा अहिले नै भन्न मिल्दैन ।’

बोर्डले विवरण मागेपछि बैंकले लेखापरीक्षकहरुसँग विवरण मागेर बोर्ड पठाएको छ । ‘धितोपत्र बोर्डले विवरण मागेको सत्य हो । हामीले पठाई पनि सक्यौँ । तर, के प्रयोजनका लागि मागियो भन्ने कतै उल्लेख भएर आएन र हामीलाई पनि थाहा छैन ।’ बैंकका एक उच्च अधिकारीले भने, ‘विवरण मागिएपछि हामीले दियौँ ।’

बोर्डले अन्य बैंकका लेखापरीक्षकहरुलाई भने यस्तो विवरण मागेको छैन ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै