National

२०८१ सालमा ३७ दिन बैंक बिदा, ५ दिन घाटा !

काठमाडौं । २०८१ सालमा जम्मा ३७ दिन बैंकहरु बिदा हुने भएका छन् । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले एक सुचना जारी गर्दै बैंकहरुमा ३७ बिदा दिने जनाएको हो ।

वैशाख १ बाट बिदाको सूची सुरु भएको छ । यद्यपी बैसाख १ गते शनिबार परेकाले सो विदा बैंकरहरुलाई घाटा लागेको छ । यस्तै असोज २६, कात्तिक १७, पुस २७ र फागुन २४  गते पनि शनिबार परेको छ । यसरी हेर्दा बैंकरहरुले पाउनुपर्ने बिदामा कुल ५ दिन घटेको छ ।

बैंकहरु रामनवमी, विश्व मजदुर दिवस, गणतन्त्र दिवस, दशैं, तिहार, महाशिवरात्री, लगायत गरी कुल ३७ अवसरमा बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, प्रदेश सरकारले वर्षभरी आ-आफ्नो प्रदेशमा बढीमा ६ दिनसम्मको सार्वजनिक बिदा दिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यदी ६ दिन भन्दा बढी बिदा दिनुपरे प्रदेशले निर्णय गरेको हुनुपर्ने र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ । भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै