काठमाडौँ। कृषि विकास बैंकलाई आन्तरिक लेखापरीक्षण परामर्शदाता आवश्यक परेको छ। बैंकले आन्तरिक लेखापरीक्षण सेवा प्रदान गर्न इच्छुक तथा योग्य परामर्शदाता फर्महरूसँग आशयपत्र आह्वान गरेको हो ।
बैंकले मंसिर ७ गते प्रकाशन गरेको सूचना अनुसार सूचना नं. ADBL-Consultancy-01-2083/84 मार्फत आन्तरिक लेखापरीक्षण सेवाका लागि योग्य राष्ट्रिय परामर्शदाता फर्महरूबाट आशयपत्र माग गरेको हो।
बैंकले इच्छुक तथा योग्यता पुगेका राष्ट्रिय परामर्शदाता फर्महरूलाई सूचनामा उल्लेखित योग्यता, मापदण्ड तथा आवश्यक कागजातहरू पूरा गरी आशयपत्र पेस गर्न आग्रह गरेको छ। यस प्रक्रियामार्फत बैंकले आन्तरिक लेखापरीक्षण कार्यका लागि उपयुक्त तथा अनुभवी परामर्शदाता फर्म छनोट गर्ने जनाएको छ।
इच्छुक फर्महरूले बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएका सर्त तथा प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्।




