ग्लोबल आईएमई बैंकको शाखा बाढीले बगायो, कर्मचारी पनि सम्पर्कविहीन !

काठमाडौँ। ग्लोबल आईएमई बैंकको टिमुरे शाखा पनि बगाएको छ। रसुवामा आएको भीषण बाढीले ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको हो ।

बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क अवरुद्ध भएकाले बैंकको मुख्य कार्यालयले शाखामा कार्यरत कर्मचारीसँग तत्काल सम्पर्क गर्न सकेको छैन। रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको खुलासा भएको छ।

नेपाल बैंकर्स संघका अनुसार रसुवामा बाढीका कारण विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा क्षति पुगेको छ। शाखा भवन, बैंकिङ उपकरण तथा अन्य सामग्रीमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको र त्यसपछि क्षतिको विस्तृत विवरण संकलन गरिने बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघले पनि हाल भौतिक क्षतिको विवरणभन्दा कर्मचारीको अवस्थाबारे जानकारी लिन र उद्धार समन्वयलाई प्राथमिकता दिइएको जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्