काठमाडौँ। नबिल बैंकको टिमुरे शाखा बाढीले बगाएको पाइएको छ। बुधबार विहान आएको बाढीले नबिल बैंकको टिमुरे शाखा बगाएको हो।
अचानक आएको बाढीका कारण टिमुरे क्षेत्रमा जनजीवन प्रभावित भएको छ। बाढीको तीव्र बहावले बैंकको शाखा भवनमा क्षति पुर्याउँदै संरचना नै बगाएको पाइएको हो। घटनापछि बैंकको नियमित सेवा सञ्चालनमा समेत असर परेको छ।
बाढीले नबिल बैंकको टिमुरे शाखा कार्यालय बगाएपछि शाखामा रहेका नगद, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत बाढीले बगाएको खुलेको छ।



