काठमाडौँ। प्रभु बैंक लिमिटेडका शाखा प्रबन्धक सन्तोष ज्ञवालीले बैंकमा ऋण स्वीकृति तथा प्रवाहको प्रक्रिया निश्चित तह र अधिकारअनुसार हुने गरेको बयान दिएका छन्।
उनी सन् २००९ देखि प्रभु बैंकमा कार्यरत छन्। सुरुमा जुनियर असिस्टेन्टका रूपमा काम गरेका उनी हाल मणिग्राम शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत छन्।
उनले शाखाबाट उठाइएका कर्जा प्रस्तावहरू सम्बन्धित रिलेसनसिप म्यानेजरमार्फत शाखा प्रमुख हुँदै प्रदेश प्रमुख वा बिजनेस सेन्टर प्रमुखसमक्ष पठाइने गरेको बताए। त्यसपछि प्रस्ताव प्रधान कार्यालयका जोखिम तथा कर्जा व्यवस्थापनसम्बन्धी अधिकारीहरूसमक्ष पुग्ने र तोकिएको अधिकार सीमाभित्र रहेर स्वीकृति हुने उनको भनाइ छ।
प्रधान कार्यालयबाट उठाइएका कर्जा प्रस्तावहरू पनि सम्बन्धित विभागका रिलेसनसिप म्यानेजर हुँदै विभागीय प्रमुखसमक्ष पेश हुने र त्यसपछि जोखिम विश्लेषक, क्रेडिट म्यानेजर, कन्ट्री हेड रिटेल लोन, चिफ क्रेडिट अफिसर तथा चिफ बिजनेस अफिसरलगायतका अधिकारीमार्फत समीक्षा तथा स्वीकृतिको प्रक्रिया अघि बढ्ने उनले बयानमा उल्लेख गरेका छन् ।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।
उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीले प्रहरीलाई दिएको बयान:



प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।



