काठमाडौँ। प्रभु बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधीसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २४.०८ प्रतिशतले घटेको हो । समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँले ऋणात्मक थियो।
चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ९६ करोड ६५ रुपैयाँमा भएको छ। दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको छ। बैंकले समीक्षा वर्षसम्म ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.९४ प्रतिशतमा पुगेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.६२ रुपैयाँ कायम भएको छ। पीई रेसियो २१.२७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ।


