नयाँ सिइओ ल्याउने तयारीमा प्रभु बैंक, निरज लम्सालले बैंक चलाउन नसक्ने निष्कर्ष, अब को बन्छ सिइओ ?

काठमाडौँ। प्रभु बैंकले नयाँ सिइओ ल्याउने भएको छ । निरज लम्सालले सीइओ भएर बैंक चलाउन नसक्ने निष्कर्षसहित प्रभु बैंकले नयाँ सिइओ ल्याउने भएको छ ।

हाल कामु सिइओ रहेका लम्साल जानकी मेडिकल कलेजमा जेल जान सक्ने र यसले फेरी प्रभु बैंकको ब्राण्डमा असरसमेत गर्न सक्ने भन्दै बोर्डले नयाँ सिइओ खोजिरहेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेसँगै लम्साललाई कामु सिइओको जिम्मेवारी दिइएको थियो । बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका वरिष्ठत कर्मचारी लम्साललाई मंसिर १४ गतेदेखि लागु हुने गरी बैंकले कामु सिइओको जिम्मेवारी दिएको हो।

निरज लम्सालले पाए प्रभु बैंकको कार्यवाहक सिइओको जिम्मा

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्