काठमाडौँ। प्रभु बैंकले नयाँ सिइओ ल्याउने भएको छ । निरज लम्सालले सीइओ भएर बैंक चलाउन नसक्ने निष्कर्षसहित प्रभु बैंकले नयाँ सिइओ ल्याउने भएको छ ।
हाल कामु सिइओ रहेका लम्साल जानकी मेडिकल कलेजमा जेल जान सक्ने र यसले फेरी प्रभु बैंकको ब्राण्डमा असरसमेत गर्न सक्ने भन्दै बोर्डले नयाँ सिइओ खोजिरहेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेसँगै लम्साललाई कामु सिइओको जिम्मेवारी दिइएको थियो । बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका वरिष्ठत कर्मचारी लम्साललाई मंसिर १४ गतेदेखि लागु हुने गरी बैंकले कामु सिइओको जिम्मेवारी दिएको हो।


