इन्फिनिटी लघुवित्तको ९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २०८२ पौष ३० गते बुधबार सभा सम्पन्न भएको हो।

उक्त साधारण सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा संचालन गर्नुका साथै उनले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गरेका थिए ।

यस साधारण सभाले मुख्यतया आर्थिक वर्ष २०८१-८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशन सम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८२-८३ को लागी लेखारीक्षकको नियुक्ति, सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।

साथै, यस सभाबाट निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालद्धारा आगामि कार्यकालका लागि विष्णु कुमार घिमिरे, राम कृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सीना निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्