राष्ट्र बैंकको ऋणपत्रमा मागभन्दा दोब्बर ५१ अर्ब बढीको आवेदन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ऋणपत्रमा दोब्बर आवेदन परेको छ । पुस १६ गते निष्काशन गरेको ऋणपत्रमा पनि दोब्बर आवेदन परेको हो । राष्ट्र बैंकले हिजो २५ अर्बको ऋणपत्र निष्काशन गरेकोमा बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब बढीको लागी आवेदन दिएका हुन् ।

यसअघि निष्काशन गरेको ऋणपत्रमा पनि मागभन्दा बढीका लागी आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।

पुस १४ गते निष्काशन गरिएको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो ऋणपत्रका लागि १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

अत्यधिक तरलता हुँदा चिन्तित बनेका बैंक तथा वित्तीय संस्थाले थोरै ब्याजदरमा पनि राष्ट्र बैंकको ऋणपत्रमा लगानी गर्न लागेका हुन् ।

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक (सूचनासहित)

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै