बैंकिङ कसुर मुद्धामा दुई जना पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्धामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरका ४६ वर्षीय फुल बहादुर भोज   र राजकुमार श्रेष्ठ रहेका छन्।

जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएकोमा वारदात पश्चात् उनीहरू फरार रहेका थिए।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

चेक अनादर मुद्दामा भोज र श्रेष्ठलाई ३-३ हजार जरिवाना तोकिएको थियो भने भोज र श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडा तथा सम्बन्धित अदालतमा पठाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्