prabhu

प्रभु बैंकको नाफामा उल्लेख्य सुधार, नाफासँगै ईपीएस पनि बढ्यो !

काठमाडौँ। प्रभु बैंकले गत आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

बैंकको खुद नाफा गत आर्थिक वर्षमा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख पुगेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा ५१ करोड ८ लाख खुद नाफा कमाएको थियो । बैंकको नाफामा उछाल आउँदा खुद ब्याज आम्दानीमा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८९ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १९ करोड ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (इपीएस) अघिल्लो आर्थिक वर्षमा २.१७ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर २३.१२ रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ऋणात्मक रहेको थियो ।

यता अघिल्लो आर्थिक वर्षमा बैंकको ४.४९ प्रतिशत खराब कर्जा रहेकोमा बढेर ४.९६ प्रतिशत पुगेको छ भने बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ । बैंकको रिजर्भमा १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै