prabhu

वित्तीय संस्थामा कर्जाको असुली कमजोर, सम्पत्ति थुप्रियो

काठमाडौं । हालको आर्थिक सुस्तताको असर बैंकिङ क्षेत्रमा गहिरिँदै गएको छ। निजी क्षेत्रबाट कर्जाको माग नबढ्दा बैंकहरूले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्, जसका कारण बैंकिङ प्रणालीमा दबाब बढ्दो छ।

बैंकहरूको ब्याजदर अहिले न्यूनतम स्तरमा पुगेको छ। तर, पुराना कर्जाको असुलीमा कमजोरी र नयाँ कर्जाको विस्तारमा मन्दीका कारण बैंकहरूको आम्दानीमा दबाब परेको छ। निक्षेप भने बढिरहेको छ, जसले गर्दा अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निरन्तर प्रणालीबाट पैसा संकलन गरिरहेको छ। बैंकहरू पनि बाध्य भएर न्यून ब्याजदरमा केन्द्रीय बैंकमा रकम राखिरहेका छन्।

यही अवस्थामा, कर्जा विस्तार ठप्प हुँदा बैंकहरूको सञ्चालन खर्च बढेको छ भने असुली हुन नसकेका कर्जाका कारण गैरबैंकिङ सम्पत्ति (Non-banking Assets) पनि थुप्रिँदै गएका छन्।

वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म औसत खराब कर्जा (NPL) ५.०५% पुगेको छ। गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको तुलनामा ८ अर्ब २३ करोडले बढी हो।

विकास बैंकहरूको  NPL ५.५६% पुगेको छ। गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो असारमा ३ अर्ब ३६ करोड थियो।

फाइनान्स कम्पनीहरू NPL उल्लेखनीय रूपमा बढेर १३.०४% पुगेको छ। गैरबैंकिङ सम्पत्ति २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो असारमा १ अर्ब ९६ करोड मात्र थियो।

कुल गैरबैंकिङ सम्पत्ति र NPL चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ५.२४% पुगेको छ। यस अवधिमा गैरबैंकिङ सम्पत्ति ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जुन गत असारको तुलनामा ९ अर्ब ३० करोडले बढी हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै