काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेका १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
बैंकका अनुसार, यी सेयरहरूमा व्यक्ति, कम्पनी वा संघ-संस्थाहरूले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारणका लागि समेत बिक्री खुला गरिएको हो।
सेयर किन्न इच्छुक लगानीकर्ताहरूले जेठ ९ गते ७ कार्य दिनभित्र आवेदन दिन सक्नेछन् । यसका लागि इच्छुकले बैंकको सेयर शाखा, लाजिम्पाट, काठमाडौंमा आवेदन फारम बुझाउनु पर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयरको परिमाण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।